News Portal

लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठ्दै

रातोपोस्ट संवाददाता
२६८ पटक

काठमाडौँ, २४ जेठ । लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठाइने भएको छ । केही दिनयता काठमाडौँमा थुप्रिएको फोहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

सहरी विकास मन्त्रालयमा हिजो अबेर काठमाडौँ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको हो ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहरलाई आउन साउन एक गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिबद्धता पनि महानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्