News Portal

खेवाङ पहिरोमा परि बेपत्ता सासु-बुहारी मृत फेला

रातोपोस्ट संवाददाता
३७२ पटक

ताप्लेजुङ, ३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा वर्षासँगै गए राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर बेपत्ता रहेका तुलसा अधिकारी र यशोदा अधिकारी मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्।

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए।घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ।

प्रतिकृया दिनुहोस्