काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो । देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौँ भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौँ ।’ काँग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् । यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।
- चर्काचर्कीबीच सम्पन्न भयो नगर सभा
- मेचीनगरमा ‘विकासको दुर्दशा’–२ : सीमानाको डाँडाबाट नगर हेरिरहेको अलपत्र भ्यूटावर
- मेचीनगरमा ‘विकासको दुर्दशा’–१ : करोडौं खर्च भएको संग्रहालय वषौंदेखि अलपत्र
- मेचीनगरमा ‘विकासको दुर्दशा’–४ : सीप सिक्ने भवनमा लागूऔषध सेवन सिक्दै नवजवानहरु !
- मेचीनगरमा ‘विकासको दुर्दशा’–३ : जनतालाई खोक्रो आश्वासन, आफैँ ‘बिरामी’ छ अस्पताल
- मेचीनगर गोल्डकपमा हज्जारौं दर्शकको हुटिङमा हरि
- प्याराफिट मजबुद बनाइयोस
- आजबाट काँकरभिट्टामा फुटबलको महासंग्राम
- मेचीनगर गोल्डकपः कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा
- मेचीनगर गोल्डकपको तयारी पूरा