News Portal

कैलालीमा लुटिए भनिएको कार भेटियो

रातोपोस्ट संवाददाता
२९९ पटक

काठमाडौं, १३ असार । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गाईमारेमा गाउँपालिकाका कर्मचारीको लुटिएको कार भेटिएको छ। लिफ्ट मागेका तीन जनाले हात खुट्टा बाँधेर कार लुटेर फरार भएका थिए।

डडेलधुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरटेरको रुपमा काम गर्ने लोकेन्द्र भण्डारीले चलाएको कार ती अपरिचित व्यक्तिहरुले लुटेर लगेको कैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार आज अपरान्ह १ बजे भण्डारीले चलाएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्वरको कारलाई कञ्चनपुर बाटसोही कारमा लिफ्ट मागेका थिए। लगत्तै नामथर नखुलेका ३ जनाले चालकलाई कुटपिट गरी चुन्नी जस्तो कालो कपडाले हातखुट्टा बाँधी सडक देखी झण्डै १०० मिटर तल जंगलमा फालेको प्रहरीले जनाएको छ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरेका हुन्।

प्रतिकृया दिनुहोस्