News Portal

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौं, १४ असार । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्।

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए। उनको पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्