News Portal

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

रातोपोस्ट संवाददाता
३०४ पटक

बिर्तामोड, १८ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् ।

ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । उनीहरुले स्पाइडर म्यानको जोडीलाई हराएका थिए ।मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे । महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ प्राप्त गरेकि छिन्। आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वल्र्डलाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरे । नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता १ नम्बर प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुर्व आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा एमालका नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबीच भएको प्रतियोगिता ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)