झापा, २३ असार । झापााे मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ ।
उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ । जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब वापत ५ करोड ५० लाख, कर्मचारी पोशाकमा ३० लाख, औषधी उपचार खर्च ५ लाख, महंगी भत्ता २५ लाख, कर्मचारी प्रात्साहन तथा पुरस्कार ३ लाख, कर्मचारी कल्याण कोषमा २ कारोड ७० लाख, कर्मचारी इन्धन ३० लाख र कर्मचारी भ्रमण खर्च वापत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँकोको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ मात्रै कुल २१ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीलाई सेवा सुविधा दिने कुरामा मेचीनगर उदार देखिएको छ । तर, अन्य शीर्षकमा भने विगत भन्दा घटाएर बजेट विनियोजन गरिएको छ । कर्मचारी तर्फ कराैडाै खर्च गर्दा पनि जनताकाे पक्षमा ज्यादै कम रहेकाे छ ।
मेचीनगरकाे बजेट जनमुखी भएन
रातोपोस्ट संवाददाता
- चारआली खानेपानीमा लाग्यो, चुनाव त्रिपक्षीय भिडन्तको सम्भावना
- मेचीनगरको सातपाखेमा भोलि सांगीतिक धमाका
- केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू
- काँकरभिट्टाका देशबहादुर
- ६ दलको एक आवाज : अबको आन्दोलन वार कि पार !
- व्यक्ति हुँदै टिस्टेटको नाममा पुगेको थियो सरकारी जग्गा, जहाँ चल्यो मेचीनगरको डोजर
- एउटा सपना छ: देशका लागि खेल्ने
- बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
- चारआली खानेपानीको नतिजा: दुई ठूला दलको आवरण अस्वीकार्य
- बाहुनडाँगी जेसीजमा लाग्यो चुनाव