काठमाडाैँ, २९ असार । धेरै अभिभावकलाई आफ्ना छोरा छोरीले मोबाइल धेरै चलाएकोमा चिन्ता हुनसक्छ । केल्सी सिहाउनराथ भने आफ्नो छोराले भिडियो गेम खेलेकोमा दङ्ग छिन् । उनको १३ वर्षीय छोरालाई एडीएचडी (एटेन्ड डिफेक्ट हाइपर एक्टीभीटी डिस अर्डर) पुष्टि भएको छ । यसपछि जर्जीयामा अवस्थित अमेरिकी सहर सबननका उनीहरूले छोरा ओवेनलाई अस्पताल लगे । दैनिक कामका बारे चासो लिने र कसरी दिनचर्या बिताउने भन्ने सोचका लागि उनीहरूले चिकित्सकको सल्लाह लिन गएका हुन् ।
उनीहरूले यसको उपचार साइकल सुरु गरे । तर, बीच समयमा टाउको दुख्ने भएका कारण यिनीहरूले यसलाई बिचमा नै रोकेका थिए । उपचार पद्धति बीचमा छाड्दा पनि उनीहरूको समस्या थपियो । छोराको स्कुलको पढाइ र गतिविधि एडीएचडीका कारण प्रभावित हुन थाल्यो ।उ केही कुरामा ध्यान दिएको हुँदैन थियो । कुनै कुरा बुझ्न पनि उनलाई धेरै कठिन हुन्थ्यो । एक दमै अस्थिर ओवेन आफूलाई कुनै कुरामा सम्हाल्न नै सकिरहेको देखिँदैन थियो । यी सबै दृश्य अभिभावकमा चिन्तामा धकेल्नका लागि पर्याप्त थियो । उनकी आमा भन्छिन्, ‘यसले मेरो मुटु छियाछिया हुन्थ्यो । तर, म केही पनि गर्न सकिरहेको थिइन ।’
अन्त्यमा बल्ल एउटा उपाय पत्ता लाग्न सक्यो । एन्डेभोर आर एक्स नामको कम्प्युटर गेम उपयोगी ठानियो ।सन् २०२० मा अमेरिकी खाद्य तथा औषधि प्रशासनले एडीएचडीको उपचारका लागि यसलाई अनुमोदन गरेको थियो । अरू खेल जस्तै देखिने यो खेल डाउनलोड गर्नका लागि पनि चिकित्सकको पैस्क्रीप्सन अति आवश्यक ठहरियो । यस खेलमार्फत् संसारका जानकारी पनि पाइने भएकाले अझ उपयोगी ठहरिएको हो ।
यसको मतलब के हो भने एडीएचडी भएका बच्चालाई एकै पटक धेरै काम दिने र अव्यवस्थित हुनबाट बचाउने हो । यसले उसको सिर्जनशीलताको विकास गर्छ र समस्यामा सही समयमै हल गर्ने क्षमताको विकास गर्छ ।चिकित्सकले यो प्रेस्क्राइब गरेपछि अभिभावकले एप्लीकेसनको लिङ्क पाएका थिए । यसै लिङ्कसँगै बच्चाको खेल सुरु भएको थियो,’ ओवनेकी आमा केल्सीले बताइन् । उनका अनुसार प्रत्येक दिन २५ मिनेटका दरले पहिलो तीन महिना उसले बिताएको थियो ।सुरुवाती दिनमा त्यहाँको समस्या उसले अनुमान गरे भन्दा कठिन लागेको थियो । बिस्तारै त्यस खेलका समस्या समाधान गर्ने क्रममा उ रमाउन मात्र थालेन, यसलाई समाधान गर्न बढी केन्द्रित र बढी जागरुप हुन थाल्यो ।
ओवेनको प्रत्येक दिनको प्रगति पनि नोट गरेर राखिएको थियो । विस्तारै उसको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको थियो । ऊ सधैँ विद्यालय जान तयार हुन्थ्यो । शिक्षकबाट नराम्रो खबर सुन्नेक्रम पनि रोकियो । एक पटक पाँच कक्षामा फेल नै भइसकेको उ विस्तारै ए या बी ग्रेड ल्याउन थालेको थियो ।मेरो छोरा यसरी सफल हुँदै जानु त अचम्मकै विषय हो। उसमा बढेको आत्मविश्वासले त मलाई नै उत्साहित तुल्याएको थियो,’ केल्सीले भनिन्उ, ‘अहिले तत्काल नै कुनै कुरा सिक्न र बुझ्ने भनेर नै प्रयास गर्ने भएको छ।बोस्टनमा आधारित प्राविधिक फर्म अकिलीले यो खेलको अवधारणा तयार पारेको हो । खेलको विकासमा प्रमुख कार्यकारी एडी मार्टुकीको ठूलो भूमिका छ ।
यस खेलको अवधारणा भनेको मस्तिष्कका तन्तुहरूलाई सक्रिय बनाउने तथा संज्ञानात्मक गतिविधिमा सक्रिय बनाउने हो । यस कम्पनीले युरोपमा अबको केही वर्षका यो खेल सुरुवात गर्ने लक्ष्य राखेको छ ।बेलायतमा भने मानसिक स्वास्थ्य समस्या निराकरण गर्नका लागि थाइमिया भन्ने एपको प्रयोग हुने गरेको छ । डिप्रेसनको उपचारका लागि यो एप धेरै नै प्रयोग हुने गरेको छ । यो एक अन्तरगत एक खेलमा खेलाडीले चली रहेको वस्तुलाई सम्झने प्रयास गर्छ ।अर्को भने कार्ड गेम हो । यस कार्ड गेमले उसको स्मरण शक्तिलाई परीक्षण गर्छ । यस एपमा उनीहरूले कसरी खेल्नेछन् भन्ने मात्र नभई खेलको दौरान फेसीयल गतिविधि र प्रतिक्रियालाई पनि रेकर्ड गरेर राख्ने गरिन्छ । यी सबै कुराहरू मोबाइल या कम्प्युटरमा भएको क्यामरामार्फत् यी सबै कुराको जानकारी राख्ने गरिन्छ ।
यो एपको तयार गर्ने र अगाडि बढाउने काम डा. एमीलीया मोलीम्पाकीसले गरेका हुन् । उनी लन्गुयटिक्स र कग्नीटीभ न्युरोसाइन
तथा एक्सपेरिमेन्टल साइकोलाजीमा लन्डनस्थित युनिभर्सिटी कलेजबाट विद्यावरिधि हुन् । डा. स्टफानोे गोरिसासँगको सहकार्यमा उनले व्यवसाय पनि सुरु गरेकी छन् । उनले टुरिन विश्व विद्यालयबाट सैद्धान्तिक भौतिक शास्त्रमा पिएचडी गरेका हुन् ।डा गारियाकै अनुसार यस एपले बायोमेकर्सलाई आकर्षित गर्छ । उनीहरूलाई व्यस्त बनाएर नै यसले डिप्रेसनको पहिचान गर्न सक्छ । अकिली र थामिया दुवैले चिकित्सकको निगरानीमा यो एपको सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । यसलाई जथाभाबी प्रयोग गर्न नहुने जनाइएको छ । बेलायतमा रहेका एडसोलेन्ट साइकोलोजीस्ट एन्जेला करन्जा यसमा सहमत छन् ।
‘यी प्रभावकारी आविष्कार हुन् । यिनीहरूको उपयोग अहिले नै सरोकारवाला बिरामीमा गरिनु उपयुक्त हुन्छ । साथै प्रश्नावली तयार पारेर परीक्षण र नतिजाको बारे थप कुरा गर्न सके यसमा विश्वसनीयता बढ्ने छ’, काउरनजाले भने । उनले यस्ता उपचार पद्धतिलाई गुपचुप नगरेर सार्वजनिक गरे अझ बढी राम्रो हुने कुरामा जोड दिएका छन् । सार्वजनिक गरेसँगै थप अध्ययनको बाटो समेत खुला हुनसक्ने छ ।बेलायतका मनोविश्लेषक ली च्याम्बर्स यस्ता एपहरूको प्रयोगबाट मानसिक स्वास्थ्यको परीक्षण, निगरानी र उपचार विधि सुरुवाती तहमै रहेको बताउँछन् । यसको व्यापक सम्भावना रहेकोमा उनी पूर्ण सहमत छन् ।
‘खेलमा रमाउने भनेको हामीले भोगी रहेको कुराबाट पूर्ण मुक्त रहुन् पनि हो’, उनले भने । उनका अनुसार यस्ता मानसिक स्वास्थ्यसँग सम्बन्धित खेलहरूको व्यापक क्षेत्र हुनसक्छ । साथै यसलाई ट्रेसिङ गरेर निश्चित समयमा आधारभूत डाटाहरू तयार पार्न सकिने छ । यसले हाम्रो सुरुवाती सूचकहरू प्रदान गर्नेछ । भविष्यमा यसको विस्तारित स्वरूप त देखिने नै छ ।यी भए बच्चाको स्वास्थ्य अवस्थाको जानकारी लिने र उपचार पद्धतिका लागि प्रयोग गरिने एपहरू । बच्चाहरूको अध्ययनलाई केन्द्रित गर्दै खान एकेडेमीले वेस्ट ओभरअल, बीजी सेपले वेस्ट फर टोडलर्स र एबीसी माउस डटकमले वेस्ट फरक प्री स्कलर्स तयार पारेका छन् । प्रोडीगीको वेस्ट फर इलीमेन्टरी स्कुल किड्स, गुगल आर्ट एन्ड कल्चरको वेस्ट फर ट्वीन, क्वीजलेटको वेस्ट फर टिन हप्सकचको वेस्ट फर टिचिङ किड कोडिङ अहिले राम्रो एप मानिएका छन् ।
बच्चाहरूको उपचार र शिक्षाका लागि मोबाइल एप र कम्प्युटर प्रयोग गरिने प्रचलन अहिले व्यापक भएको छ । तर, उपचार एप चिकित्सकको सल्लाह बिना प्रयोग गर्नु उपयुक्त हुने छैन भने अन्य एप पनि धेरै प्रयोग गर्न दिनु बच्चाको स्वास्थ्यका लागि लाभ दायक हुँदैन ।भारतकै येनेपेया विश्वविद्यालय अन्तरगतको येनेपोया मेडिकल कलेजको बायो केमेस्ट्री विभागका प्राध्यापक भुनवेस शुकलाल कालाल, विनिथा रामनाथ पाइ र साम एस भटबाट लेखिएको पुस्तकमा यस बारे वर्णन गरिएको छ । पुस्तकमा मोबाइल र ट्याब्लाइटबाट बच्चाहरू कसरी बिरामी पर्ने गरेका छन् भनेर उल्लेख गरिएको छ ।
संसारमा पछिल्लो समय मोबाइल र फोनको प्रचलन अत्यधिक छदै छ । यो नै रोगको एउटा प्रमुख कारण पनि बनेको छ । यसका बाबजुद केही एप चिकित्सकको सल्लाहमा प्रयोग गरेमा यसले बच्चामा रहेको मानसिक समस्याको निराकरण गर्नसक्छ । सायद यी एप अबको केही वर्षमा नेपालमा पनि आउने छन् । स्रोत : बीबीसी, भेरी वेल फेमीली, इपेडपबडटकम