रातोपोस्ट संवाददाता

झापा, २९ असार । २०९ औं भानु जयन्तीकाे अवसरमा झापाकाे मेचीनगरमा पुर्वी भानु टाेल युवा क्लबले वृक्षारोपण गरेकाे छ। क्लबले मेचीनगर-७ स्थित भानु फिटनेस पार्कमा विभिन्न जातका १५० विरुवा राेपिएकाे क्लवका अध्यक्ष गाेपाल बुढाथोकीले जानकारी दिए ।
आज एक कार्यक्रमकाे आयाेजना गरि जेष्ठ सदस्य रमेश श्रेष्ठले बिरुवा राेपेर उद्वघाटन गरेका थिए । क्लवका सदस्य विवेक उप्रेती, कृष्ण कुवरको पहलमा वृक्षारोपण आयाेजना भएकाे थियाे । वृक्षारोपण कार्यक्रममा क्लब सदस्य तथा स्थानीयहरुकाे उपस्थित रहेकाे थियाे ।