News Portal

राष्ट्रिय स्वतन्त्र पार्टी झापाकाे सभापतिमा खरेल चयन

रातोपोस्ट संवाददाता
३९७ पटक

झापा, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको झापा सभापतिमा उमेश खरेल चयन भएका छन् । विहीबार बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजित सो पार्टीको जिल्ला भेलाले खरेललाई सभापतिमा चयन गरेको हो ।

पार्टीका केन्द्रीय सभापति रवि लामिछाने सभापति र सचिवको नाम घोषणा गरेका थिए । सभापतिमा खरेल र सचिवमा प्रकाश पाठकको नाम लामिछानेले घोषणा गरेका हुन् ।

नवनिर्वाचित झापा सभापति खरेलले जम्मा समित १८ जनाको बन्ने बताए । जसमा सभापति, उपसभापतिमा महिला, सचिव र १५ वटै पालिकाबाट १/१ जना सदस्य रहने उनको भनाई छ । जिल्ला भेलामा पार्टीका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकालले पार्टीको विधान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्षता, प्रमुख अतिथी र स्वगत कार्यक्रम राखिएको थिएन । कार्यक्रमको सञ्चालन भने पार्टीका केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीले गरेका थिए ।

झापा सभापति खरेलले देशभरि जिल्ला भेला कार्यक्रम आयोजना अन्तरगत झापामा पनि समिति बनेको बताए । मुख्य कुरा जिल्ला भेला, संगठन विस्तार र सदस्यता संस्या बढाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्