News Portal

मेचीनगरमा विभिन्न पार्टी परित्याग गरेर एक सय बढी एमालेमा प्रवेश

रातोपोस्ट संवाददाता
२७१ पटक

झापा,३ श्रावण । झापाको मेचीनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर एक सय बढीको संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । मंगलबार मेचीनगर १५ स्थित बिरेन स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई संविधान सभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सभा सदस्य तथा एमाले प्रदेश कमिटि सदस्य श्रीप्रसाद मैनाली, एमाले केन्द्रिय सल्लाहकार सदस्य भिम खवासलगायतले पार्टीमा प्रवेश गराए ।

पार्टी प्रवेश हुनेहरुमा एकिकृत समाजवादी पार्टी मेचीनगर समिति उपाध्यक्ष चेतराज बिष्ट, मेचीनगर १५ वडा कमिटि अध्यक्ष प्रकाश स्वरेन, उपाध्यक्ष कल्याण कुमार खड्का, सचिव रुहिदाब राजवंशी, सहसचिवद्वय सविता हेमरन र पर्वत राजवंशीलगायत सिंगो वडा कमिटी नै एमालेमा प्रवेश गरेका छन् । समाजवादी युवासंघका मेचीनगर सचिव कृष्ण राजवंशी, नगर सदस्य सम्भु अधिकारी, दीपक घिमिरलगायत युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसका अग्रज एवम् पुराना नेता जग्गनाथ कट्टेलसहित सम्पूर्ण कट्टेल परिवार, राप्रपाका अग्रज नेता उमकान्त पौडेलको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए ,पार्टी प्रवेश गर्नेहरुले एमालेले संघीय, प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माण राष्टिय स्वाधिनता र जनताको पक्षमा गरेको सकरात्मक कामबाट आफूहरु प्रभावित रहेको र मुलुकलाई विकास गर्ने पार्टी एमाले मात्रै रहेको ठहर गरी आफूले एमाले पार्टी रोजेको बताए ।अन्य पार्टी परित्याग गरी जनताको विश्वासीलो पार्टी एमाले रोजेकोमा अब ढुक्क भएर देश र जनताको सेवामा लाग्न नव प्रवेशीलाई केन्द्रिय सदस्य रविन कोइरालाले आग्रह गरे । साथै उनले एमाले पार्टी प्रवेश गर्नेहरुले उचित जिम्मेवारी प्राप्त गर्ने बताए ।

प्रतिकृया दिनुहोस्