News Portal

वीरगञ्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
३१३ पटक

काठमाडौं, ८ श्रावण । पर्साको वीरगञ्ज महानगरपालिकामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। यही साउन ४ गते साँझ ७ बजेदेखि नातिनी हराइरहेको भन्दै बालिकाको हजुरबुबाले निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा वीरगञ्ज २ छप्कैयास्थित खाली जग्गाको झाडीमा बालिकाको शव फेला परेको थियो।

अनुसन्धानका क्रममा १२ वर्षीय बालक संलग्न रहेको भन्ने खुलेको र उनीसँग सोधपुछका क्रममा अन्य २ जना पनि संलग्न रहेको पत्ता लागेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वीरगञ्ज १६ बस्ने १८ वर्षीय सलमान खान र अर्का १२ वर्षीय बालक छन्। उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्