News Portal

डा. बाबुराम भट्टराईद्वारा नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिन्ह आँखा

रातोपोस्ट संवाददाता
२८२ पटक

काठमाडौँ, १३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई समूहले बिहिबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको छ ।

आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको हो । डा भट्टराई निकट नेता रमेश पोखरेलले आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको बताए । पार्टीले निर्वाचन आयोगले वैधानिकता दिएको छ ।

पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उनले बताए । “एक-दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भने ।

प्रतिकृया दिनुहोस्