News Portal

विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

रातोपोस्ट संवाददाता
३४० पटक

दाङ, १५ श्रावण । दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलमा ताला लगाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आज आइतवार बाउजर मेशिन काठमाण्डाै फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरीलगायतको टोली विमानस्थल पुगेको हो ।

विक्रम संवत् २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा पहिलो पटक गएको जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने ११ हजार लिटर क्षमताकाे बाउजर ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि स्थानीयवासीसँगै जनप्रतिनिधि र व्यवसायीले विरोध गरेका हुन् ।विमानस्थललाई विस्थापित गर्न योजनाबद्ध ढङ्गले बाउजर लग्न खोजिएको भन्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घले नेपाल आयल निगम तुलसीपुरमार्फत ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रतिकृया दिनुहोस्