News Portal

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

रातोपोस्ट संवाददाता
२९० पटक

एजेन्सी, २४ साउन । नितेश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।

प्रतिकृया दिनुहोस्