News Portal

७४ लाख नगद र चेकसहित हुण्डी कारोबारी पक्राउ

रातोपोस्ट संवाददाता
३८६ पटक

रकाठमाडौं, २४ साउन । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो।

उनीहरुसँग रहेको ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ। उनीहरुलाई सोमबार साढे ५ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

प्रतिकृया दिनुहोस्