News Portal

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

रातोपोस्ट संवाददाता
५११ पटक

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय पैदल यात्रु चेतबहादुर फुयल घाइते भएका थिए ।

फुयलको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्