News Portal

त्रिभुवन विश्वविद्यालयमा नेविसंघले टाँग्यो कालो ब्यानर

रातोपोस्ट संवाददाता
३५५ पटक

काठमाडाैँ, ३०श्रावण । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरमा कालो ब्यानरहरु टाँगेको छ। विश्वविद्यालयमा भइरहेका अनियमितताहरु बन्द गर्न माग गर्दै नेविसंघले कालो ब्यानरहरु टाँगेको हो।

विश्वविद्यालयको प्रवेशद्वार, उपकुलपति कार्यालय अगाडि, र सबै संकाय जाने मुल बाटोमा कालो ब्यानरहरु टाँगिएका छन्।ब्यानरमा प्रश्नपत्रमा हुने लापरवाही बन्द गरिनुपर्ने, परीक्षाफल समयमै प्रकाशित गरिनुपर्ने, विश्वविद्यालयको मर्यादा कायम गरिनुपर्नेलगायतका माग राखिएको छ।

राजनीतिशास्त्रको एमए प्रथम सेमेस्टर र अर्थशास्त्रको तृतीय सेमेस्टरमा गतवर्षकै हुबहु प्रश्नपत्र दोहरिएको दाबी गर्दै नेविसंघले छानबिनको माग गर्दै आएको छ। थुप्रै विषयका प्रश्नपत्रहरुमा लापरबाहीका कारण त्रुटि भेटिएपछि हामी छानबिनसहित कारबाहीको माग गर्दै आएको छौँ,’ विद्यार्थी नेता श्यामराज ओझाले भने, ‘विश्वविद्यालयको परीक्षा प्रणाली सुधारको मागसहित काला ब्यानरहरु टाँगेका हौँ।’

प्रतिकृया दिनुहोस्