News Portal

एमालेकाे कारण प्रदेश नामाकरण गर्ने अवसर गुम्दै : सामाजिक विकास मन्त्री राई

रातोपोस्ट संवाददाता
२९९ पटक

झापा, ३ भदौ । प्रदेश न. १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामाकरण गर्ने अवसर गुम्दै गएको बताए । उनले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेशको नामाकरण गर्न तत्परता नदेखाएको बताए । नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै भने, आदिवासी जनजातिले पुर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नु पर्छ ।

उनले केपी ओलीले संसद बिगठनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीबाट बिद्रोह गर्नु परेको उल्लेख गरे । ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै भने, ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन ।
केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बु संघ, नेपाल मेचे संघको केन्द्रीय समिति घोषणा गरिएको थियो ।

भेलाले किराँत राई संघको अध्यक्षमा केशर चाम्लिङ राई, लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाक र मेचे संघ को अध्यक्षमा भोलानाथ मेचेलाई चयन गरेको छ । सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासंधका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ, जनजाति महासंघका उपमहासचिव बज्रकुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तब्य राखेकाे पार्टी जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्