News Portal

नेकपा समाजवादी झापा जिल्ला इञ्चार्जमा पोखरेल

रातोपोस्ट संवाददाता
३४७ पटक

झापा, ११ भदौ । नेकपा एकीकृत समाजवादीले पूर्व सांसद पुष्पराज पोखरेललाई झापा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । झापाको भद्रपुरका स्थायी बासिन्दा पोखरेलले पार्टी गठनको एक वर्षपछि जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका हुन् ।

२०५१ सालमा नेकपा एमालेका तर्फबाट सांसद भएका पोखरेल पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए । जनपक्षीय नेताको छवि बनाएका पोखरेल प्रष्ट स्वभावका छन् ।

यसअघिका जिल्ला इन्चार्ज इन्द्र बुढाथोकीले अस्वस्थ्यताका कारण राजीनामा दिएपछि पोखरेलले जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।

प्रतिकृया दिनुहोस्