News Portal

  • चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७२ पटक

    रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

    चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् । मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

    चट्याङ लागेर एउटै गाउँको एकै पटक तीन जनाको मृत्यु हुँदा सिङ्गो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)