News Portal

राप्रपा क्षेत्र नं . १ को उम्मेद्वारको नाम सिफारिस

रातोपोस्ट संवाददाता
३६८ पटक

झापा, १८ भदौ । राप्रपा झापा क्षेत्र नं. १ को प्रतिनिधि सभा तथा प्रदेश सभाकाे उम्मेद्वारको नाम सिफारिस गरेकाे गरेको छ । शुक्रबार ईट्टाभटा स्थित राप्रपा नगरकाे कार्यालयमा बसेको वैठकले प्रतिनिधि सभामा रमेश दाहाल र पुष्कर खतिवडाकाे नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले क्षेत्र नम्बर १ काे प्रदेश सभा “क” मा कल्याण खड्का र प्रदेश “ख” मा सबिना बजगाईंकाे नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाकाे समानुपातिक तर्फ अशोक सुब्बा, माया गुरुङ, शारदा पराजुली, सम्झना विश्वकर्मा र इन्दिरा रिजालकाे नाम सिफारिस गरेको छ । त्यसैगरी बैठकले प्रदेश सभा समानुपातिक तर्फ “क” मा बाबुराम पराजुली र सुनिता शर्माकाे सिफारिस गरेकाे छ । प्रदेश सभा “ख” मा दिपेश राई, अस्मिता खरेल र गणेश कुमारी न्याैपाने नाम सिफारिस गरेकाे छ ।

प्रतिकृया दिनुहोस्