News Portal

युवा संघको महाकाली- मेची अभियान सम्पन्न

रातोपोस्ट संवाददाता
२४८ पटक

झापा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान आज समापन भएकाे छ । महाकाली – मेची जागरण अभियान मेची पुलमा आएर समापन भएकाे थियाे। मेचीपुलमा अभियान टिमका सदस्यहरु मेची नदिमा नुहाएर अभियानकाे समापन गरेका थिए । महाकालीबाट आएका युवा संघको टोलीलाई झापाको बिर्तामोडमा बृहत सहभागितामा स्वागत गरिएकाे थियाे भने पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए ।

अभियान भदौ १५ गते देखिशुरु भएकाे महाकाली मेची अभियान आज मेची पुलमा आएर समापन भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्