News Portal

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३०४ पटक

झापा, ३१ भदौ । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुर जिल्ला गडी गाउँपालिका- ८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

प्रतिकृया दिनुहोस्