News Portal

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ मेचीनगरकाे अध्यक्षमा वेग सुनुवार चयन

रातोपोस्ट संवाददाता
२७५ पटक

झापा, ४ असाेज । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा वेग सुनुवार चयन भएका छन् । संविधान दिवसको अवसरमा साेमबार मेचीनगर स्थित इट्टाभटामा भएकाे नगरकाे पहिलाे अधिवेशनबाट सुनुवारलाई अध्यक्षमा चयन गरेकाे हाे । नगर अधिवेशनबाट उपाध्यक्षद्वाेयमा वेनुप राई र ललित थामी चयन भएका छन् भने सचिवमा ईन्द्र प्रधान, सह–सचिवमा मोहन सुब्बा र कोषाध्यक्षमा लक्ष्मी मेचे चयन भएका छन् ।

नगर अधिवेशनले लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल मेचीनगर कमिटीको ३१ सदस्य समिति चयन गरेकाे थियाे । लोकतान्त्रिक आदिवासी जनजाताी महासंघ नेपालको जिल्ला कमिटी अध्यक्ष विरेन्द्रराज राजबंशीको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा जिल्ला सह–ईन्चार्ज रविन कोईराला रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि काेइरालाले संविधानमा उल्लेख भएका आदिवासी जनजातीको हक र अधिकारको कुरामा सधै लडिरहने बताए । कार्यक्रममा सञ्चालन जिल्ला सचिव दशरथ खडीयाकाे रहेकाे थियाे भने स्वागत मन्तव्य नगर इन्चार्ज छोट बहादुर राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्