झापाको बुद्वशान्तिमा- ३ बुधबारे महाेत्सव सुरु भएकाे छ । आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रद्वारा आयोजित बुधबारे महोत्सव असोज-३ देखि शुरु भएको मेला छठ पर्वसम्म हुने छ । साेमबार महोत्सवको उदघाटन सुधार केन्द्रका अध्यक्ष प्रेम सावा लिम्बुले रिवन काटेर गरेका थिए । महाेत्वसमा राष्ट्रिय स्थरका कलाकारहरु डम्बर नेपाली, राम लिम्बू, रचना रिमाल, एलिना चौहान, अस्मिता अधिकारी, र्यापर माईला लामा, प्रशान्त तामाङ लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, नाउँका रेस, मोहतका कुवा रेस, ब्रेक डान्स लगायत बच्चाका विभिन्न खेल्ने सामाग्रीहरु रहेका छन् । हिन्दुहरुकाे महान चाड दशै, तिहार तथा छ्ट पर्वलाई लक्षित गरेर मेला लगाएकाे आयोजकले बताएकाे छ । महोत्सवबाट बचत भएकाे रकमले गाउँमा लागुओसध तथा मद्यपान सेवनमा लागेका युवाहरुलाई सुधार गर्न सुधार केन्द्रसम्म पुर्याइ निशुल्क उपचार गराउन सहयाेग गरिने आयोजकका अध्यक्ष प्रेम लिम्बुले बताए।
- सामुदायिक वनको फुटबल सुरु : बहुवन र कालिकाको विजयी सुरुवात
- वन स्तरीय फुटल : चन्द्रगढी र ईराैटार सामुदायिक वन विजयी
- वन स्तरीय फुटवलमा मागुमाडी र पाँचपोखरी विजयी
- काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष
- मेची नदीले बगाउँदा एक महिलाको मृत्यु
- काँकरभिट्टामा यात्रु सहायता कक्षः उद्घाटन भव्य, अहिले अलपत्र
- धुलाबारीमा फुटबल प्रतियोगिता हुने
- मिडिया कपको उपाधि दमकलाई
- दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
- बडादशैं सुरु : आज घटस्थापना, कति बेला छ उत्तम साइत ?