News Portal

काँकरभिट्टामा विश्व पर्यटन दिवसमा प्रभातफेरी

रातोपोस्ट संवाददाता
३११ पटक

झापा, ११ असाेज । पर्यटन कार्यालय काँकरभिट्टाले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा काँकरभिट्टामा लाखे नाँच र धामीक्राँक्रीसहित प्रभातफेरी गरेको छ । झापाकाे मेचीनगर स्थित काँकरभिट्टाको पर्यटन कार्यालयबाट सुरु भएकाे प्रभातफेरी बसपार्क, बजार हुँदै पर्यटन कार्यालयमा आएर समापन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीले कोभिडले थला पारेको पर्यटन क्षेत्र चलायमान बनाउन सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू प्रशस्त भित्र्याउन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ, मेचीनगर- ४ का वडाध्यक्ष एवम् पर्यटन अभियन्ता अर्जुनकुमार कार्की, मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, मेची अभियानका संयोजक विजय डालमिया, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, चरा संरक्षणका अभियन्ता देवेन खरेललगायतले बोलेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सञ्चालन कार्यालयका सूचना अधिकृत निरोज कट्टेलले गरेका थिए । प्रभातफ़ेरी कार्यक्रममा विभिन्न संघ संस्थाको सहयोग रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्