News Portal

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

रातोपोस्ट संवाददाता
२९५ पटक

धनुषा, २० असोज । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।

करेन्ट लागेर दिनेशकी पत्नी निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमाछोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्