News Portal

झापा–१ मा एमाले र राप्रपाद्वारा सयुक्त रुपमा उम्मेदवार दर्ता

रातोपोस्ट संवाददाता
२५९ पटक

झापा, २३ असोज । नेकपा एमाले र राप्रपाद्वारा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको छ । आइतबार मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेको ईटाभट्टाको वडा कार्यालयबाट तामझामका साथ र्यालीसहित प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको हो ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अग्नीप्रसाद खरेल, प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले मनोनयन पत्र दर्ता गरेका थिए ।

उम्मेद्वार खरेललेको प्रस्तावकमा विष्णु प्रसाई र समर्थकमा श्रीप्रसाद मैनाली छन् । कोइरालाको प्रस्तावकमा राजु कार्की र समर्थकमा बन्धनकुमार मुण्डा रहेका थिए ।

त्यस्तै एमालेसँग तालमेल गरेको राप्रपाबाट प्रदेश सभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईले पनि मनोनयन पत्र दर्ता गरेकी छिन्। बजगाईको प्रस्तावकमा दिपेश राई र समर्थकमा देवेन्द्र भट्टराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्