News Portal

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
४१३ पटक

काठमाडौं, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय २५ जनाको पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।बिहीबार २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, आज नेपालमा एकै दिन ७३ हजार ८८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्