News Portal

काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको बस दुर्घटनाग्रस्त

रातोपोस्ट संवाददाता
३६७ पटक

सर्लाही, ३१ असोज । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका- ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापातर्फ पठाइएको छ ।

अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ । काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्