News Portal

आज नेवार समुदायमा म्हः पूजा मनाइँदै

रातोपोस्ट संवाददाता
५७४ पटक

काठमाडौं,९ कार्तिक । नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।यसैगरी एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने आज गर्दैछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

प्रतिकृया दिनुहोस्