News Portal

तालमा डुबेर एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
२८८ पटक

दाङ, १२ कात्तिक । दाङको तालमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ४ मौली गाउँका ६५ वर्षीय लवरु चौधरीको स्थानीय सिंचाईका लागि निर्मित तालमा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार भैंसी गोठमा गएका चौधरी शुक्रबार बिहान ११ बजेतिर तालमा डुबेका थिए।

उनको शव शनिबार बिहान १० बजेतिर फेला परेको डिएसपी मल्लले बताए। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा शव पोष्टमर्टमका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय हेकुली मौली र गाउँका स्थानीयले शनिबार उनको शव तालबाट निकालेका थिए।

प्रतिकृया दिनुहोस्