News Portal

  • काँकरभिट्टामा साइकल यात्रीलाई सम्मान

    रातोपोस्ट संवाददाता
    १९५ पटक

    झापा, १५ कात्तिक । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो ।

    उदयपुर जिल्ला साइक्लिङ संघद्वारा आयोजित महाकाली–मेची साइकल यात्रा सम्पन्न गर्ने साइक्लिङ संघका सदस्यहरु अबधनारायण चौधरी, पासाङ शेर्पा र कृष्ण अधिकारी तथा बुटवलका सुरेश पुनलाई स्वागत सम्मान गरिएको हो ।

    एसोसिएसनका अध्यक्ष अर्जुन सुब्बाले सहजीकरण गरेको कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, मेचीनगर ६ का वडाअध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, मेचीनगरका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त वस्ती, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले साइकलयात्रीलाई शब्दद्वारा बधाई दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)