News Portal

झापामा आदिबासी जनजाती महासंघले उम्मेद्वारसँग अन्तरक्रिया गर्ने

रातोपोस्ट संवाददाता
३३६ पटक

झापा, १५ कार्तिक । नेपाल आदिबासी जनजाती महासंघ झापाले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेद्वारसँग आदिवासी जनजातिका हक अधिकारका बिषयमा अन्तरक्रिया गर्ने भएको छ ।

महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आदिबासी तथा जनजातीका धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचान मासिदै गएकाले त्यो उत्थानका लागि उम्मेद्वारसँग अन्तरक्रिया गर्ने जनाएको हो । महासंघले प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रम संयोजक तोकेर कार्तिक १७ देखि २३ गतेसम्म संविधानले आदिबासी तथा जनजातीलाई दिएको अधिकार कार्यन्वयनका लागि अन्तरक्रिया गर्न लागेको हो ।

झापा क्षेत्र नं. १ को कार्यक्रमका लागि केवलराम राईको संयोजकत्वमा काँकडभिट्टामा कार्तिक १७ गते काकरभिट्टा टाउनहलमा, झापा क्षेत्र न.२ को लागि १९ गते इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा अतिथि सदनमा,झापा क्षेत्र न.३ को लागि २० गते उत्तम कुमार राजवशीको संयोजकत्वमा भद्रपूर एवड होटलमा, झापा क्षेत्र न.४ को लागि २३ गते लक्ष्मन ज्वेल्स श्रेष्ठको संयोजकत्वमा बाणिज्य हल सुरुङ्गामा त्यस्तै २२ गते झापा क्षेत्र न.५ को लागि बदी साम्पाङ्गको संयोजकत्वमा कमल गाउँपालिका होटल रोड स्टारमा उम्मेद्वारहरुसँग छलफल र आफ्ना हकहितका बिषयमा अन्तरक्रिया गरिने जनाइएको छ ।

पहिलोपटक जनजाति महासंघ झापाले यस्तो कार्यक्रमको आयोजना गरेको बताउंदै जनजातीका नेताहरु संघ र प्रदेशमा पुगे पनि आफ्ना अधिकारका बिषयमा नबोलेको र उनीहरुले भोट बैंकको रुपमा आफुहरुलाई प्रयोग गरेको महासंघका अध्यक्ष पाण्डपलाल चौधरीले आरोप लगाएका छन् ।

महासंघका अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता टेकबहादुर खजुम, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज झापाका अध्यक्ष भुमिका लिम्बू फियाक ,सिर्जलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिब लक्ष्मण श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्