News Portal

  • डोटीलाई केन्द्रविन्दु बनाएर गयो ६.६ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म तीन जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २३१ पटक

    डोटी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुश गरिएको छ ।

    भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत मशसुश भएको जनाएको छ । भूकम्पपछि धनगढीमा सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।

    भूकम्पबाट डोटीको पूर्वी चौकी-३ मा एक घर भत्किदा ३ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पशुपतिदेवी खड्काले जानकारी दिएकी छन् ।उपाध्यक्ष खड्काका अनुसार तीन जनाको अवस्था चिन्ताजनक रहेको र घाइते अन्य तीन जनाको अवस्था सामान्य रहेको छ ।

    क्षतिको थप विवरण आउनेक्रममा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)