
झापा, २७ कार्तिक । झापा क्षेत्र नं १ चुनावी आकर्षणको केन्द्र मध्ये एक भएको छ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक परीक्षणमा छन् भने, उनीसँग प्रतिष्पर्धा गर्दैछन् भुतपूर्व मन्त्री तथा एमाले नेता अग्नी खरेल ।
विश्वप्रकाश प्रतिष्पर्धामा खरो उत्रने आधार धेरै छन्, त्यसमध्ये सबैभन्दा बलियो आधार भनेको विश्वप्रकाश पार्टीको एक गुटलाई होइन, आम जनताको र खासगरी नयाँ पुस्ताको, नयाँ सपनाको र सिङ्गो नेपाली राजनीतिमा नयाँपनको प्रतिनिधि हुन् । खरेल उनको पार्टी गुटको र खासगरी उनका अध्यक्ष मात्रका वारेस हुन् ।
खरेल यस क्षेत्रका स्थायी बासिन्दा होइनन् । त्यसो त यो क्षेत्रबाट चुनाव लड्न खरेलको न तयारी थियो न त मनस्थिति नै, तर एमाले पार्टी अध्यक्ष केपी ओलीको असहज आदेश मान्नै पर्ने बाध्यताले अग्नि खरेल र रबिन कोइराला दुबै सकसमा परेको जगजाहेर छ । खरेलको आगमनले सबै भन्दा निरिह कसैलाइ बनाएको छ भने ति हुन एमाले नेता रबिन कोइराला ।
रबिन कोइराला क्षेत्र नं १ मा प्रतिनिधि सभा सांसदको रुपमा शुरु देखि नै तयारी गरिरहेका थिए र सर्वसम्मत रुपमा उनकै नाम पारित भएको थियो । तर एमाले नेता केपी ओलीको आज्ञाकारी भएर खरेल झापा १ आए अनि गुटगत दुष्मनी साँध्न ओलीले कोइरालालाई प्रदेश १ क को उम्मेद्वार बनाए । ओलीको यो आदेशकोविरुद्धमा बिद्रोह गर्न नसक्नुले कोइरालालाई कार्यकर्ता माझ थप अलोकप्रिय बनाएको छ । त्यसैले स्पष्ट छ, एमाले पार्टीमा निष्ठा भएका इमान्दार नेता कार्यकर्तासमेतले नेपाली राजनीतिमा नयाँपन र उचित सँस्कारको प्रादुर्भाव होस् भन्ने मनसायले विश्वप्रकाशलाई नै रोज्नेछन् ।
झापा क्षेत्र नं १ मा गठबन्धनको आत्मविश्वास चुलिएको देखिन्छ भने एमाले पार्टी अध्यक्ष केपी ओलीको असहज आदेश मान्नुपर्ने बाध्यताले एमाले नेता र कार्यकर्ताहरु उचित विकल्प रोज्ने मनस्थितिमा देखिन्छन् । एमाले र काँग्रेसतिरका अन्य पार्टीका पनि स्वाभाविक विकल्प विश्वप्रकाश नै बनेका छन् ।
पार्टीको आन्तरिक कलह चिर्दै चौधौ महाधिवेशनमा महामन्त्रीको पदमा कुनै गुटको समर्थन बिना पनि महामन्त्री पदमा निर्वाचित हुनुले विश्वप्रकाशको राजनैतिक उचाई पुष्टि गरेको छ । सबैलाई समेट्न सक्ने प्रभावशाली साँझा नेताको रुपमा उनी स्थापित छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा खरो उत्रेका विश्वप्रकाश शर्माका लागि आगामी राजनीतिक भविष्यको दृष्टिकोणले यसपटकको संघीय संसदको चुनाव अत्याधिक महत्वसँगै निणर्ायक रहने देखिएको छ । एकातिर पार्टीको आन्तरिक बिग्रह सम्हालेको र अर्कातिर रैथाने पनि भएका कारण शर्मा पहिलेभन्दा बलियो प्रतिष्पर्धी भएको स्थानीय मतदाताहरुको ठम्याइ रहेको सहज अनुमान गर्न सकिन्छ । समग्र मतदाताहरु आफ्नो क्षेत्रको प्रतिष्ठा र गरिमाका लागि पनि आफ्नै बलबुतामा महामन्त्री बनेका शर्मालाई रोज्न चाहन्छन् ।
राजनैतिक दलका उम्मेद्वारहरु चुनावमा जाँदा दुई प्रकारले जाने गर्दछन् । कुनै कार्यकारी पद भार लिइसकेका उम्मेद्वारहरु आफू पदमा रहँँदा गरेका कामहरु देखाउँदै फेरि निर्वाचित भएको खण्डमा गर्न सकिने कामहरु देखाएर कुनै पनि कार्यकारी पदमा नबसेका उम्मेद्वारहरु भने आफ्ना एजेण्डा, मुद्दा र गर्न सकिने कामहरुको खाका लिएर जान्छन् ।
यस अर्थमा, अग्नि खरेल पहिले नै कानुन मन्त्रीको रुपमा पदभार ग्रहण गरिसकेका नेता हुन् । सार्वजनिक पद धारण गरिसकेका हुनाले आफूले गरिसकेका कामहरुको फेहरिसत लिएर मतदाता सामु जान पाउने सुविधा उनलाई प्राप्त थियो तर त्यसो गर्न असक्षम छन् खरेल । उनले कानुन मन्त्री भएको समयमा त्यस्तो कुनै उल्लेख्य काम गर्न नसकेको तितो सत्य हाम्रो सामुन्ने छ ।
विश्वप्रकाशलाई भने त्यो सुबिधा प्राप्त छैन । उनी यसअघि २०७० मा रबिन कोइरालासँग र २०७४ मा राम कार्कीसँग पराजित भएका थिए । राम कार्की तत्कालिन एमाले र माओबादीको एकता हुनु पुर्व गठबन्धनको तर्फबाट उम्मेद्वार थिए भने रबिन कोइराला अहिले प्रदेश १ क का गठबन्धनका उम्मेद्वार गोपाल तामाङ्गसँग प्रतिस्पर्धा गर्दैछन् । २ पटक यस क्षेत्रमा हार व्यहोरी सकेका शर्माले आफ्नो क्षेत्रमा गर्ने गरेका राजनैतिक र सामाजिक गतिविधिमा कहिले पनि कमि नआएको सत्य यहाँको मतदाताहरुले प्रत्यक्ष महसुस गरेका छन् ।
अग्नि खरेलले कानुन मन्त्री हुँदा र रबिन कोइराला सांसद हुँदा यस क्षेत्रमा भएका सबै कामहरुको फेहरिस्त एकातिर र विश्वप्रकाश शर्माले कुनै पदमा नरहेरै यस क्षेत्रको लागी गरेका कामहरुको तुलना गर्ने हो भने शर्मा धेरै अगाडी छन् । तसर्थ क्षेत्र न १ का मतदाताहरुले स्पष्ट छन् पदमा नरहेरै पनि यो क्षेत्रको समग्र बिकासको लागी सधैं लागिरहने शर्मालाइ जिताएर साँसदमा पठाउन पाउनु हाम्रो लागि एउटा अवसर हा े। खरेल र कोइरालाका असफलताका भार हामी किन बोक्ने ?
नेपाली काँग्रेस पार्टी भित्र पुस्तान्तरणको बहस पेचिलो हँुदै गइरहेको अवस्थामा अब आउने महाधिवेशनबाट उनको पार्टी सभापति बन्न सक्ने सम्भावनाको चर्चासमेत काँग्रेस वृत्तमा हुन थालिसकेको छ । अहिलेसम्म कुनै पनि किसिमको आर्थिक अनियमितताको विवादमा नतानिएका शर्मा चारित्रिक रुपले पनि उत्तिकै निश्कलंक छन् । दुईपटक चुनाव हारिसकेका शर्मा यसपटक समानुपातिक तर्फबाट उम्मेद्वारी दिएर आफ्नो सांसद पद सुनिश्चित गर्न सक्थे तर उनले त्यसो गर्न रुचाएनन् । आफू जन्मिएको ठांउँ, जहाँबाट उनले राजनिति सुरु गरे र पटकपटक खुला मनले परीक्षित भए, फेरि हारे पनि जिते पनि यहि क्षेत्रबाट उम्मेद्वारी दिने शर्माको अभिव्यक्तिले उनको राजनैतिक उचाइ अझ वृद्धि भएको झापा १ का मतदाताहरुले महशुस गरेका छन् ।
राजनैतिक प्रभाव, अनुभव र निश्कलंक छविका कारण सांसदको निर्वाचित भएको अवस्थामा उनको मन्त्री बन्ने निश्चित छ । आगामी दिनमा विश्वप्रकाश शर्मा जस्ता स्वच्छ छवि भएका नेतालाइ नेपाली काँग्रेस पार्टीको सभापति या यो देशको प्रधानमन्त्रीको रुपमा पाउनु भनेको समग्र क्षेत्र न १ का लागी अभुतपुर्व अवसरको रुपमा सावित हुनेछ । नेपालको समग्रराजनिति सुधार गर्न पनि महत्वपुणर् भुमिका निर्वाह गर्ने सवालमा हामी समेत योगदान गर्ने बेला यही हो भनेर सबै पार्टीका नेता/कार्यकर्ता/मतदाताले बुझेका छन् त्यसैले निःसन्देह विश्वप्रकाश नै सबैको छनौटमा पर्नेछन् । लेखक सन्दिप ओली नेपाल तरुण दल झापा क्षेत्र नम्बर १ का सचिव हुन।