News Portal

झापा क्षेत्र नम्बर १ (ख) का उम्मेद्वार खापुङ भन्छन्, ´चुनाव जित्नेमा आफु आशावादी छु ! `

रातोपोस्ट संवाददाता
३२६ पटक

झापा, २७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न सक्ने युवाको खोजी गरेका छन् । यस मानेमा म युवा वर्गको नेतृत्व गर्न सक्षम छु ।’

उम्मेद्वार खापुङले विगत १८ वर्षदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको युवा भएकाले पनि आफूबाट मतदाताले धेरै भरोसा गरेको बताए । जसपाका मेचीनगर अध्यक्षसमेत रहेका खापुङले अन्यत्र एमाले पार्टीसँग तालमेल भए पनि झापामा भने एकल प्रतिस्पर्धामा आफूहरु उत्रिएको जनकारी दिए । उनका अनुसार झापाका पाँटवटै निर्वाचन क्षेत्रमा जसपाका उम्मेद्वार एकल चुनावी मैदानमा छन् ।

झापा क्षेत्र न. १ को प्रतिनिधि सभा उम्मेद्वारमा राधा थापा, प्रदेश (क) मा मीरा कार्की र (ख) मा खापुङ चुनावी मैदानमा उत्रिएका हुन् । उम्मेद्वार खापुङले विजयी हुँदै गर्दा यस क्षेत्रको विकासमा पारिवारिक स्वार्थभन्दा माथि उठेर समाजको हितमा काम गर्ने वचन दिए ।

प्रतिकृया दिनुहोस्