झापा, ४ मंसिर । झापाको तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । झापा क्षेत्र नं १ अन्तर्गत मेचीनगर नगरपालिका १४ को बालसुबोधिनी मावि केन्द्रमा मतदान रोकिएको थियो । प्रदेश सभा सदस्य उम्मेदवारको मतपत्रमा एउटा चुनाव चिह्न नभएपछि विवाद भएर मतदान रोकिएको थियो । अहिले छलफलबाट त्यसलाई टुंगो लगाएर मतदान सुचारु गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।
त्यस्तै झापा क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको थियो । सर्वदलीय छलफल गरी त्यहाँ मतदान सुचारु गरिएको नेपालले बताए । त्यस्तै मेचीनगरको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान रोकिएको थियो । त्यहाँ पनि सुचारु गरिएको उनले बताए ।