News Portal

झापा क्षेत्र नम्बर -१ मा ७२.६३ प्रतिशत मत खस्यो

रातोपोस्ट संवाददाता
२५० पटक

झापा, ४ मंसिर । झापा क्षेत्र नम्बर-१ मा ७२ दशमलव ६३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा- १ मा ६० हजार २ सय ३७ पुरुष, ६० हजार १ सय ३८ महिला गरी १ लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ७२ दशमलव ६३ प्रतिशत मत खसेको हो । झापा- १ मा ४५ मतदान स्थलमा १३४ मतदान केन्द्र रहेको छ ।

झापा- १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अग्नि खरेल र नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । अहिले निर्वाचन अधिकृतको कार्यालय रहेको मेचीनगर नगरपालिकामा मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्