रातोपोस्ट संवाददाता

झापा, ५ मंसिर । झापा क्षेत्र नं. १ को मतगणना तयारीका लागि विहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
निर्वाचन अधिकृत टंकमणी महतले दिएको जानकारी अनुसार ८ बजेको बैठक पश्चात गणना प्रारम्भ गरिने तयारी छ । झापा १ मा मेचीनगर नगरपालिका स्थित सुरुमा तीन ठाउँबाट गणना गर्ने तयारी छ ।
मतदान स्थलबाट सबै केन्द्रका मतपेटिका संकलन भएसँगै अब गणनाको अन्तिम तयारीमा जुटेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।