News Portal

झापा १ : प्रतिनिधि सभातर्फ १२ वटा मतपेटिकाे गणना हुँदै

रातोपोस्ट संवाददाता
३५६ पटक

मेचीनगर, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ ।

गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि मेचीनगर ८ ख केन्द्र, मेची विद्योदय आवि मेचीनगर ८ क केन्द्र, धुलावारी मावि मेचीनगर १० ग केन्द्र, महानन्द मावि मेचीनगर १० ख केन्द्र, कालिका मावि मेचीनगर १५ तथा अरनिको मावि मेचीनगर ७ ख केन्द्रबाट गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै अर्को कोठामा शहिद दशरथ मावि मेचीनगर १३ घ केन्द्र, प्राथमिक स्वास्थय केन्द्र मेचीनगर १० ग केन्द्र, आदर्श मावि मेचीनगर ८ घ केन्द्र, भानु निमावी मेचीनगर ११ ख केन्द्र आदर्श मावि मेचीनगर ८ ग केन्द्र तथा मेची विद्योदय मावि मेचीनगर ८ ख केन्द्र खोलिएको छ । मत पत्र सटिङ पश्चात गणना सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्