रातोपोस्ट संवाददाता
झापा, ५ मंसिर । झापा क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ७ हजार ६ सय ९७ गन्दा शर्माले ३ हजार ९ सय मत प्राप्त गरेका छन् । यस्तै, एमालेका उम्मेदवार अग्नी खरेलले २ हजार ३ सय ९० मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७ सय ३५ मत प्राप्त गरेका छन् । शर्मा १५१० मतले अगाडि रहेका छन् ।