मेचीनगर, ६ मंसिर । झापा–१ मा प्रदेश सभा सदस्य ‘ख’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बुले मतान्तर बढाएका छन् ।
७ हजार ३ सय ८ मत गनिसक्दा लिम्बुको २ हजार ९ सय ६८ र राप्रपाको तर्फबाट उम्मेदवार बनेकी सविना बजगाईले २ हजार ६ सय ९७ मत ल्याएका छन् । लिम्बु र बजगाईको मतान्तर २ सय ७१ रहेको छ ।
यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २ सय २३, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ५२, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी चिन्हको ३ सय ३०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको साइकल चिन्हको २५, राप्रपा नेपालको तीर चिन्हको ७३ मत ल्याएका छन् ।
त्यस्तै मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ३ सय २२, राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हको ६३, नेपाल संघिय समाजवादी पार्टीको बस चिन्हको ३५ र हिराप्रसाद पोखरेलको स्वतन्त्र चिन्ह जेव्राको २ सय ४३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।