रातोपोस्ट संवाददाता
झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पुन: अग्रता कायम गरेका छन् । उनले एमालेका उम्मेदवार अग्निलाई ५ हजार ५ सय मतले पछि पारेका हुन् ।
२९ हजार ६ सय ८६ मतको गणना सकिँदा शर्माले १४ हजार ९ सय ९ मत पाएका छन् । एमालेका खरेलले ९ हजार ४ सय ९ मत पाएका छन् ।