News Portal

१८ हजार मत गणना हुन बाँकी हुँदा विश्वप्रकाश शर्मालाई ११ हजारको अग्रता

रातोपोस्ट संवाददाता
३४६ पटक

मेचीनगर, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् । गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ओमनाथ भण्डारीले ६ हजार १२६ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ का अब १८ हजार २६७ मत गणना हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्