रातोपोस्ट संवाददाता
मेचीनगर, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् ।
३२ हजार ३४ मत गनिसक्दा तामाङको १४ हजार ६ सय ५ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले १२ हजार ६ सय २६ मत ल्याएका छन् । तामाङ र कोइरालाको १ हजार ९ सय ७९ मतान्तर रहेको छ भने, प्रदेश ‘क’ मा कुल ४८ हजार ९ सय ३९ मत खसेको थियोे ।