रातोपोस्ट संवाददाता
झापा, ९ मंसिर । झापाकाे धुलाबारीमा कार्यरत म्यादी प्रहरीलाई एक समारोहकाबीच बिदाई गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धुलाबारीले बिहीबार आयोजना गरेको बिदाई कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक अनिल माबोहाङले म्यादी प्रहरी तालिम तथा म्यादी प्रहरी सेवा सम्बन्धी प्रमाण पत्र प्रदान गरी म्यादी प्रहरीलाई बिदाई गरेका छन् ।
धुलाबारीमा १ सय ७७ जना म्यादी प्रहरीलाई नियुक्ति गरिएकाे थिए । उनीहरुलाई असोज ३० गतेदेखि जिम्मेवारी दिइएको थियो ।