News Portal

इलाम-२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित

रातोपोस्ट संवाददाता
३३५ पटक

इलाम, १९ मंसिर । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।

उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो । विजयी नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख हुन् ।

प्रतिकृया दिनुहोस्