रातोपोस्ट संवाददाता
झापा, २४ मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रश्मी थापा चयन भएकी छिन् । आज धुलाबारीमा सम्पन्न लेडी जेसीजको साधारण सभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै कार्यकारीणी उपाध्यक्षमा पवित्रा विमली (प्रसाई) र सुष्मा राजबंशी चयन भएकी छिन् भने उपाध्यक्षहरुमा कुसुम दाहाल, गुन्जना आचार्य, सकुन्तला ढकाल र शान्ति पराजुली चयन भएकाे मेचीनगर लेडी जेसीजकी निर्वतमान अध्यक्ष तथा निर्वाचन अधिकृत शुशिला खतिवडाले जानकारी दिइन् ।
जेसीज विधान अनुसार महासचिव, कानूनी सल्लाहाकार, तालिम संयोजक, कोषाध्यक्ष लगायतका पदहरु अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको पुर्व अध्यक्ष खतिवडाले बताइन् । साधारण सभाले समिति चयन गरे पनि पद हस्तान्तरण पछि मात्रै कार्यकाल शुरु हुने निर्वाचन अधिकृत खतिवडाले जानकारी दिइन् ।